Rule 7
उपभोक्ता समन्वय संस्था
(१) नहर, शाखा नहर वा प्रशाखा नहरबाट बहेको पानी प्रयोग गर्ने उपभोक्ता संस्थाले त्यस्तो सिंचाइ प्रणालीको प्रकृति तथा विस्तारका आधारमा आ–आफ्नो तर्फबाट एक एक जना प्रतिनिधि रहने गरी एउटा नहर, शाखा नहर वा प्रशाखा नहरको हकमा एउटा उपभोक्ता समन्वय संस्थाको गठन गर्नु पर्नेछ र सोको जानकारी जिल्ला सिंचाइ उपभोक्ता संघ र सम्बन्धित सिंचाइ कार्यालयलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम गठन भएको उपभोक्ता समन्वय संस्थाले त्यस्तो नहर, शाखा नहर वा प्रशाखा नहरको संचालन, मर्मत सम्भार र पानी वितरण सम्बन्धी कार्यको समन्वय गर्नेछ ।